Kathmandu Press

नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।
नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौं, चैत २५  : राष्ट्रपति विद्यादेवी भण्डारीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री नारायण प्रसाद दाहाल, चितवनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका काकाका छोरा समेत रहेका दाहाल माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् । रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा उनी मनोनीत भएका हुन् ।

प्रकाशित मिति: २०:२१ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्