Kathmandu Press

जसपाबाट वीरगञ्जको मेयरमा राजेशमान सिंहको नाम सिफारिस

काठमाडौं, चैत २५ : जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको नाम सिफारिस गरेको छ ।जसपाको बीरगञ्ज महानगरपालिका कमिटीको शुक्रबार...
जसपाबाट वीरगञ्जको मेयरमा राजेशमान सिंहको नाम सिफारिस

काठमाडौं, चैत २५ : जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको नाम सिफारिस गरेको छ ।

जसपाको बीरगञ्ज महानगरपालिका कमिटीको शुक्रबार बसेको बैठकले सिंहलाई मेयरमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए । सिंह वीरगञ्जको लोकप्रिय नेता भएकाले मेयरमा सिफरिस गरिएको यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वीरगञ्ज महानगरपालिकाको मेयर पद ०७४ सालको चुनावमा जसपाले जितेको थियो ।  सिंह भर्खरै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर जसपामा प्रवेश गरेका नेता हुन् । त्यसअघि उनले बालकोट पुगेर केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

एमालेमा प्रवेशको तयारीमै रहेका सिंह अन्ततः जसपामा प्रवेश गरेर मेयरको उम्मेदवार बन्न लागेका हुन् ।
 

प्रकाशित मिति: २०:०३ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्