जनादेशको दुरुपयोग गर्नेहरुलाई जनताले पराजित गर्नेछन् : ओली
काठमाडाैं, चैत २६ : एमाले अध्यक्ष केपी ओलीले जनादेशको दुरुपयोग गर्नेहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका छन्।शुक्रबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको...
काठमाडाैं, चैत २६ : एमाले अध्यक्ष केपी ओलीले जनादेशको दुरुपयोग गर्नेहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देश बनाउन प्रचण्ड-माधवलाई दिएको जनमतको दुरुपयोग भएको भन्दै उनीहरुलाई आगामी निर्वाचनमा जनताले पराजित गर्ने बताएका हुन्।
पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको उनले बताए। आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन उहाले माधव नेपाललाई चुनौती दिए।
त्यस्तै उनले ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको वास्तबिक जनमत वैशाख ३० पछि मात्र प्रकट हुने धारणा राखे।
उनले एमाले सरकारले नै कोरोना उपचारका लागि पर्याप्त पूर्वाधार तयार रहेको बताए।











