Kathmandu Press

लागु भयाे निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल सही ढंगले प्रयाेग गर्न आग्रह

काठमाडाैं, चैत २५ : निर्वाचन आयोगले आज (शुक्रबार) देखि निर्वाचन आचारसंहिता लागु भएको जनाएको छ।आयोगले पत्रकार सम्मेलन गरेर आजैबाट निर्वाचन आचार संहिता २०७८...
लागु भयाे निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल सही ढंगले प्रयाेग गर्न आग्रह

काठमाडाैं, चैत २५ : निर्वाचन आयोगले आज (शुक्रबार) देखि निर्वाचन आचारसंहिता लागु भएको जनाएको छ।

आयोगले पत्रकार सम्मेलन गरेर आजैबाट निर्वाचन आचार संहिता २०७८ लागु भएको बताएको हो। आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो। 

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले आचारसंहिताको पूर्ण पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सबैलाई आग्रह गरे।

उनले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको प्रयोग सही ढंगले गर्न आग्रह गरे। 

आचार संहिताअनुसार कसैको पक्षविपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा सेयर गर्न पनि पाइनेछैन।

दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले बताएको छ।

आयोगले झन्डा, टिसर्ट, आमसभा, भेला आदि आचारसंहिताअनुरूपको बनाउन अनुरोध गरेको छ।

मौन अवधिमा सुरु भएपछि मत माग्न, प्रचार गर्न नपाइने, मादक पदार्थको बिक्रीवितरण र सेवनमा पूर्ण निषेध गर्न पनि आयोगले भनेको छ।

आयोगले उम्मेदवारले राजीनामा दिनुपर्ने भन्ने विषय अदालतमा विचाराधीन मुद्दाका रूपमा रहेकाले कुनै निर्णय नगरिएको आयोगल् प्रस्ट पारेको छ।

प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्