Kathmandu Press

बारमा गठबन्धनको क्लिन स्विप, कसले कति मत पाए (परिणामसहित) 

 नेपाल बार एसोसियसनमा गठबन्धन निकट प्यानलले क्लिन स्वीप गरेको छ। शुक्रबार सम्पन्न मतगणनाअनुसार  गोपालप्रसाद घिमिरेकाे प्यानल नै विजयी भएकाे हाे।
बारमा गठबन्धनको क्लिन स्विप, कसले कति मत पाए (परिणामसहित) 

काठमाडौं, चैत २५ : नेपाल बार एसोसियसनमा गठबन्धन निकट प्यानलले क्लिन स्वीप गरेको छ। शुक्रबार सम्पन्न मतगणनाअनुसार  गोपालप्रसाद घिमिरेकाे प्यानल नै विजयी भएकाे हाे। घिमिरे करिब २ हजार मतान्तरले विजयी हुँदै बारको अध्यक्ष निर्वाचित भएका हुन्। उनले ४४७४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत पाए। 

त्यस्तै, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ १२३, अधिवक्ता पृथ्वीनाथ राई १४२, अधिवक्ता अनिता जधारी ७३, अधिवक्ता उत्तमबहादुर श्रेष्ठ ३७, अधिवक्ता कमलप्रसाद मलेगो २८ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले ४५ मत प्राप्त गरेका छन् ।

बारको चैत १९ गते काठमाडौंसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । त्यसमध्ये सात हजार ४२९ मत खसेको थियो।

कसले कति मत पाए ?

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्