Kathmandu Press

एमालेसँग तालमेल गरेर सूर्य चिह्नबाट चुनाव लड्न सक्छाैं : कमल थापा

काठमाडौं, चैत २५ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेलको सम्भावना रहेको बताएका छन्। त्यसका लागि एमालेसँग छलफल...
एमालेसँग तालमेल गरेर सूर्य चिह्नबाट चुनाव लड्न सक्छाैं : कमल थापा

काठमाडौं, चैत २५ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेलको सम्भावना रहेको बताएका छन्। त्यसका लागि एमालेसँग छलफल भइरहेको उनले स्पष्ट पारे। 

उनले एमालेसँग तालमेल भएको अवस्थामा सूर्य चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा लड्न सक्ने सम्भावना रहेको पनि बताए।

पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आज (शुक्रबार) काठमाडौंको चाबहिलमा आयोजना गरिएको कार्यक्रममा उनले भने, ‘एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ। सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान पनि सकिन्छ। अवस्था हेरेर अरु दलहरुसँग पनि सहकार्य हुन सक्ने उनको भनाइ थियो।

आफ्नो पार्टीको संगठन विस्तार हुन बाँकी रहेकाले चुनाव जित्न गठबन्धन गरेर जानु आवश्यक रहेको थापाले बताए।

तालमेलका लागि स्थानीय तहको प्रकृति र अवस्थालाई आधार बनाउने उनको भनाइ थियो।

केन्द्रीय सदस्य भूपेन्द्रप्रसाद पोखरेलले भने तालमेल गरे पनि चुनाव चिह्न राप्रपा नेपालकै ‘तीर’ लाई प्रचारप्रसारमा लैजानुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्