Kathmandu Press

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष नेपाल

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं, चैत २५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताएका छन् । उनले स्थानीय तहमा गठबन्धन गरिने उल्लेख गरे। 

बाराको कलैयामा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकार नागरिकलाई अमन चयन दिलाउने दिशामा अग्रसर भई शान्ति र सुव्यवस्था कायम गर्दै अगाडि बढिरहेको प्रष्ट पारे। निर्धारित समयमा निर्वाचन हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो।

नागरिता विधेयक सदनमा कानुनको अभावमा अड्किरहेको अध्यक्ष नेपालले बताए। राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन पारित गर्ने दिशामा प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श भइरहेको उल्लेख गर्दै उनले चाँडै नै सो विधेयक पारित हुने धारणा राखे। कार्यक्रममा समाजवादी पार्टीका नेता नगेन्द्र चौधरी, दिनेश राई, सुन्दर विश्वकर्मालगायत सहभागी थिए। 

प्रकाशित मिति: १६:१९ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्