राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन पेस
काठमाडाैं, चैत २५ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष...
काठमाडाैं, चैत २५ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ।
राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्षसमेत रहनुभएका कामु प्रधानन्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ वमोजिम ती प्रतिवेदनहरु पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











