Kathmandu Press

धादिङमा स्थानीय चुनाव : साबिक मैदीका तीन वडाध्यक्षमा माओवादीबाट ११ जनाको दाबी 

काठमाडौं, चैत २६ : धादिङको ज्वालामुखि गाउँपालिकाअन्तर्गत साविक मैदीका तीन वडामा माओवादी केन्द्रलाई वडाध्यक्षको उम्मेदवार टुंगो लगाउन सकस हुने देखिएको छ। स्थानीयस्तरमा राजनीति गर्दै...
धादिङमा स्थानीय चुनाव : साबिक मैदीका तीन वडाध्यक्षमा माओवादीबाट ११ जनाको दाबी 

काठमाडौं, चैत २६ : धादिङको ज्वालामुखि गाउँपालिकाअन्तर्गत साविक मैदीका तीन वडामा माओवादी केन्द्रलाई वडाध्यक्षको उम्मेदवार टुंगो लगाउन सकस हुने देखिएको छ। स्थानीयस्तरमा राजनीति गर्दै आएका थुप्रै व्यक्तिहरुले वडाध्यक्षमा दाबी गरेपछि यसपटक पनि माअ‍ोवादी केन्द्रलाई उम्मेदवारको टुंगो लगाउन गाह्रो हुने देखिएको हो।

ज्वालामुखि गाउँपालिका वडा १, २ र ३ साबिक मैदी गाविस अन्तर्गतका हुन्। यसअघिको निर्वाचनमा वडा १ र ३ एमालेले जितेको थियो भने २ मा कांग्रेसका उम्मेदवार विजयी भएको थियो। 

यसपटक वडाध्यक्ष दाबी गर्नेहरुमा अघिल्लो निर्वाचनमा दाबी छाडेका नेताहरु नै बढी छन् । स्थानीय, जिल्ला र प्रदेश सम्मका राजनीतिक जिम्मेवारी पाएका व्यक्तिहरु पनि वडाध्यक्षमा आकांक्षी देखिएका छन्। 

Hardik ivf

माओवादी केन्द्रबाट १ नम्बर वडामा ३ जनाको प्रमुख दाबी रहेको छ। छापथोकका कृष्ण कट्टेल, मजुवाका रामचन्द्र दाहाल र रातमाटाका खुमनाथ कोइरालाले वडाध्यक्षमा दाबी गरेको माओवादीका एक नेताले जानकारी दिएका छन्। 

त्यस्तै ३ नम्बर वडामा पनि तीन जना प्रमुख दाबेदारी देखिएका छन्। माथिल्लो हटियाका  नन्दलाल श्रेष्ठ, रिजन श्रेष्ठ र रामकृष्ण श्रेष्ठ यसपटकको निर्वाचनमा वडाध्यक्ष बन्ने दौडमा छन्। यस वडाबाट अघिल्लो पटक माओवादीका उम्मेदवार रहेका उमेश श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरिसकेका छन्।

वडा १ र ३ को तुलनामा २ मा भने आकांक्षीको संख्या बढी देखिएको छ। यसअघि टिकट नपाएर रुष्ट भएका नेताहरु यसपटकको निर्वाचनमा कुनैपनि हालतमा दाबी नछाड्ने पक्षमा छन्। 

गैरिगाउँका अर्जुन शाही, सातदोबाटोका कृष्णमान श्रेष्ठ, विजयटारका बलराम थापा, काफलपानीका इश्वर बस्नेत (जीवन) र सातदोबाटोकै राजन सिंखडासहित ५ जनाले वडाध्यक्ष दाबी गरेका छन्। 

उनीहरुमध्य अर्जुन शाही हाल माओवादी केन्द्र वडा २ का अध्यक्ष हुन्। उनी ज्वालामुखि गाउपालिका कमिटीका सदस्य समेत हुन्। यसअघिको निर्वाचनमा पार्टीले टिकट नदिएपछि शाही रुष्ट बनेका थिए। 

अर्का दाबेदार कृष्णमान श्रेष्ठ लामो समयदेखि स्थानीय स्तरमा सक्रिय राजनीति गर्दै आएका व्यक्ति हुन्। हाल उनी माओवादी केन्द्र धादिङ जिल्ला कमिटी सदस्य र क्षेत्र नं २(ख) का सचिव छन्। 

माओवादी केन्द्र र नेकपा एमाले पूर्ववत् अवस्थामा फर्किएपछि एमालेमा लागेका राजन सिंखडा केही समयअघि मात्रै माओवादी केन्द्र फर्किएका हुन्। उनले पनि यसपटकको निर्वाचनमा वडाध्यक्ष दाबी गरेका छन्। 

पार्टीले कुनैपनि जिम्मेवारी नदिएको भएपनि बलराम थापा लामो समयदेखि मैदीमा माओवादी केन्द्रको सक्रिय राजनीतिमा छन्। 

माओवादी जनयुद्धको पृष्ठभूमिबाट युवा राजनीतिमा आएका इश्वर बस्नेत पनि यसपटकको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका बलियो दावेदार हुन्। उनी माओवादी केन्द्रको भ्रातृसंगठन वाइसिएल नेपाल बाग्मती प्रदेश कमिटी सदस्य र क्षेत्र नं २ का इन्चार्ज हुन्। त्यस्तै पार्टीको जिल्ला कमिटी सदस्य हुन्। 

उनले यसपटकको निर्वाचनमा आफू कुनैपनि हालतमा वडाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। ‘युवाहरुले पनि अवसर पाउनुपर्छ र त्यसका लागि म आफूलाई योग्य ठान्दछु,’ बस्नेतले भने,‘ यसपटक म छाड्ने होइन भिड्ने पक्षमा छु।’ वडामा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय पालिकाको सिफारिसमा जिल्ला कमिटीले गर्छ। 
 

प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्