बतास समूहद्वारा सञ्चालित होटल आनन्दमा सरकारले लगायाे ताला

काठमाडौं, चैत २५ : पशुपति क्षेत्र विकास कोषले नेपाल-भारतमैत्री धर्मशालामा बतास समूहद्वारा सञ्चालित होटल आनन्दमा ताला लगाएको छ।
होटल बन्द गर्ने पत्र लिएर पुगेको सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका थिए। विवाद बढ्दै गएपछि कोषले मूल गेटमा ताला लगाएको हो। त्यसक्रममा झन्डै दुई घन्टा घम्साघम्सी भएको थियो।
कोषले गेटमै सूचना टाँसेर होटल सञ्चालन नगर्न सूचित गरेको छ। सरकारी टोली भित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिँदा होटलका पाहुना भित्रै थुनिएका छन्।
कोषले चैत १७ गते सम्झौताबिपरीत काम गरेको भन्दै होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो भने सोमबार पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो।



प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











