Kathmandu Press

सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

काठमाडाैं, चैत २५ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन्।आज राजधानीमा पत्रकारहरुसँग...
सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

काठमाडाैं, चैत २५ : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन्।

आज राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आज (शुक्रबार) बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताए।

उनले भने, 'मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ। सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो।'

अर्को एक फरक प्रसंगमा उनले भरतपुर महानगरको नेतृत्वबारे छलफल नभएको बताए। उनले भने, 'छलफलबाट निकास निकाल्छौं। केही समस्या छैन।'

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्