Kathmandu Press

रुसद्वारा राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा

रुसद्वारा राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा

मस्को, चैत २५ : रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्यागेको घोषणा गरेको छ।

रुसी विदेशमन्त्रालयले एक विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो। संयुक्त राष्ट्रसंघीय महासभाले बिहीबार एक रिजोलुसनमार्फत रुसलाई सो परिषदको सदस्यता निलम्बन गर्ने विषयको प्रक्रिया अघि बढाएको थियो।

त्यसैले सो प्रस्ताव पारित हुनुअगावै रुसले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यता त्याग गरेको घोषणा बिहीबार गरेको बताइएको छ।

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, चैत २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्