Kathmandu Press

श्रीलंकाको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

श्रीलंकाको केन्द्रीय बैंकमा नयाँ गभर्नर नियुक्त

काेलम्बाे, चैत २५ :  श्रीलंकाको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ।

सरकारले वरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिंघे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ। सरकारले उनीसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेवारी दिएको छ। उनीहरुलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले बिहीबार नियुक्तिपत्र दिए। 

Hardik ivf

गभर्नरमा नियुक्त वीरासिंघे कोलम्बो विश्वविद्यालयमा कार्यरत थिए। अर्थशास्त्रमा गहिरो अध्ययन गर्नु भएका उनले अर्थशास्त्र सम्वन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आउनु भएको छ।

उनी मलेसियाको वियसान केन्टरमा पनि आबद्ध छन् भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यावहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्य हुन्। 

त्यसैगरी अर्थ सचिवमा नियुक्त सिरिवर्धनाले अन्तर्राष्ट्रिय वित्तिय कोषको तर्फबाट श्रीलंका, भारत, बङ्लादेश र भुटानका लागि वैकल्पिक निर्देशकका रुपमा काम गरेका थिए। उनले श्रीलंकाको आर्थिक विभागको महानिर्देशकका रुपमा समेत अर्थतन्त्रमा योगदान गरिसकेका छन्।

राष्ट्रपति राजापाक्षेले यसअघि गत बुधबार अर्थशास्त्री तथा विज्ञहरुलाई सहभागी गराएर सल्लाहकार समूह गठन गरेका थिए। श्रीलंकामा अहिले आर्थिक संकटसँगै राजनीतिक संकट पनि उत्पन्न भएको छ।

तत्कालिन मन्त्रीहरुले राजीनामा दिएका छन् भने आम नागरिक आन्दोलनमा छन्।

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्