Kathmandu Press

मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्छ : मन्त्री कार्की

काठमाडाैं, चैत २५ : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्नेमा जाेड दिएका छन्।नेपाल व्यवस्थापन संघको...
मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्छ : मन्त्री कार्की

काठमाडाैं, चैत २५ : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्नेमा जाेड दिएका छन्।

नेपाल व्यवस्थापन संघको आयोजनामा शुक्रबारबाट सुरु सिइओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउँदै मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन्।

उनले आयातभन्दा पनि उत्पादन वृद्धि गरेर उचित वितरणमा लाग्नुपर्ने धारणा राखे। मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पुराउने जनताको चाहनालाई पूरा गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।

बैंक तथा वित्तीय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशीलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ। 

प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्