Kathmandu Press

यी हुन् मन्त्रिपरिषद्ले गरेका २३ निर्णय

काठमाडाैं, चैत २५ : सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार...
यी हुन् मन्त्रिपरिषद्ले गरेका २३ निर्णय

काठमाडाैं, चैत २५ : सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरिएको बताए।

बैठकले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ भने अमलेखगन्ज सबस्टेसनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ।

त्यस्तै श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासका न्यायधिश बासुदेव आचार्यलाई तोक्ने , समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाललाई र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल र प्रा.डा. भगवानदास मानन्धरलाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए।

त्यस्तै राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य एमव अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीलाई तोक्ने र  इपिएस मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र नवीकरण गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै मन्त्रिपरिषद्ले सैनिक विशेष अदालतको अध्यक्षमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय गरेको छ भने भूकम्पबाट प्रभावित संरचनाको पुर्ननिर्माणको पुनरावेदन समितिको अध्यक्षमा अदालतकोसमेत कामकाज गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए । 

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्