Kathmandu Press

जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी ठोस योजना बनाउन आग्रह

जेनेभा, चैत २५ : विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी विशेष तथा ठोस कार्ययोजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएको छ।विश्व स्वास्थ्य दिवसका अवसरमा...
जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी ठोस योजना बनाउन आग्रह

जेनेभा, चैत २५ : विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी विशेष तथा ठोस कार्ययोजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएको छ।

विश्व स्वास्थ्य दिवसका अवसरमा सो संगठनले विश्वका सरकारहरुलाई सो आग्रह गरेको हो । जलवायु परिवर्तनका कारण विश्वमा स्वास्थ्यका क्षेत्रमा ठूलो असर परिरहेकाले यसका लागि आवश्यक कार्ययोजना बनाउन सो संगठनले विश्वका सरकारहरुलाई सो आग्रह गरेको हो।

Hardik ivf

यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा हाम्रो पृथ्वी हाम्रो स्वास्थ्य भन्ने रहेको छ। त्यसैले नागरिकको स्वास्थ्यमा पृथ्वीमा बढ्दो तापक्रमले के कस्तो असर गरिरहेको छ भन्ने बारेमा पनि सोच्नुपर्ने अवस्था रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

जलवायु संकट भनेकै स्वास्थ्य संकट हो र विश्वमा हरेक वर्ष कम्तीमा पनि ७० लाख मानिसको वायु प्रदुषणका कारण मृत्यु भइरहेको भन्दै यस विषयमा सम्वेदनशील हुनुपर्ने सो संस्थाले जनाएको छ।

विश्वमा अहिले पनि अस्वस्थ हावामा सास फेर्नुपर्ने अवस्था रहेको र यस्तो अवस्थाका मानिसहरु झण्डै ९९ प्रतिशत नै रहेको भन्दै नागरिकको स्वास्थ्यमा सुधार ल्याउन तथा वातावरणीय सन्तुलन कायम गर्न जलवायु परिवर्तनका कारकहरुको खोजी गरेर तिनमा कटौती गर्ने कार्यक्रमहरु सरकारहरुले ल्याउनुपर्ने सो संगठनले जनाएको हो।

विश्वमा हरेक वर्ष अप्रिल ७ मा मनाइने विश्व स्वास्थ्य दिवसका लागि यस वर्ष पनि स्वास्थ्य चेतनाका कार्यक्रमहरु आयोजना गरिएको थियो।

यस वर्षको दिवसमा जलवायु परिवर्तनका असरहरु कम गर्ने विषयका कार्यक्रमहरुमा संगठनले जोड दिएको थियो।

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्