Kathmandu Press

कंंगोमा भएको विस्फोटमा ६ जनाको मृत्यु, १५ घाइते

किन्सासा, चैत २५ : कंगोको एक रेस्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।कंगोको उत्तरी किभु प्रान्तको एक रेस्टुरेन्टको बारमा सो...
कंंगोमा भएको विस्फोटमा ६ जनाको मृत्यु, १५ घाइते

किन्सासा, चैत २५ : कंगोको एक रेस्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।

कंगोको उत्तरी किभु प्रान्तको एक रेस्टुरेन्टको बारमा सो विस्फोट भएको थियो। बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन्।

घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ। सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठुलो क्षति पुगेको छ।

कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन्। उनले भनेका छन्, 'घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौं।'

सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको जानकारी पनि उनले दिए। मन्त्री मुइयाले शान्तपूर्वक बस्न नागरिकलाई आग्रह गरेका छन्।

यस विषयमा अनुसन्धान जारी रहेकाले अहिले नै सो विस्फोटबारे केही भन्न नसकिएको उनले  बताए ।

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, चैत २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्