शेयर बजार : झिनो अंकले घट्यो
काठमाडाैं, असोज २३ : दशैँको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ।
नेपाल स्....
काठमाडाैं, असोज २३ : दशैँको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३९ विन्दुले घटेर एक हजार १४९.०१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०.०४ विन्दुले घटेर २५१.९३ विन्दुमा पुगेको छ।
स्टकका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तोमा समेटिएको छ। कूल १२१ कम्पनीको दुई लाख ३२ हजार ६१९ कित्ता शेयर रु छ करोड ३८ लाख ४५ हजार ४११ मूल्यमा खरीद बिक्री भए।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने उकालो लागेको छ। बैंकिङ १.४, विकास बैंक २.११, जलविद्युत् १.१२, वित्त २.८९, निर्जीवन बीमा ७.४२ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन्।
यस्तै होटल १.५४, उत्पादन २.८५, अन्य ४.०६, लघुवित्त २.४२, जीवन बीमा ४५.१३ विन्दुले घटेका छन् । स्टकका अनुसार कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको दुई करोड ५५ लाख पाँच हजार ४२६, सिदार्थ बैंक ३९ लाख ७५ हजार ६८२, महालक्ष्मी विकास बैंक ३५ लाख १५ हजार ४९१, नेपाल इन्भेस्टमेन्ट बैंक ३४ लाख ५८ हजार, सनराइज बैंक १३ लाख १६ हजार ७०९ र शिवम् सिमेन्ट १२ लाख ९३ हजार २२५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे।
यस्तै गुडवील फाइनान्सका लगानीकर्ताले ७.६९ प्रतिशतले कमाउँदा नेपाल इन्स्योरेन्स कम्पनी ५.२८, बोटलर्स नेपाल ३.९८, एनएमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८३ प्रतिशतले कमाए ।
त्यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.६३, अपि पावर कम्पनी २.६०, रिलायन्स फाइनान्स २.६०, नागरिक लगानी कोष २.३६ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.११ प्रतिशतले गुमाए । रासस










-1754206481.jpg)
