मतगणना सकिनुअघि नै बार अध्यक्षमा घिमिरे निर्वाचित
अब सबै मत अधिकारीले पाए पनि घिमिरेको भन्दा कम हुन्छ।
काठमाडौ, चैत २५ : नेपाल बार निर्वाचनमा १४ सय मत गणना गर्न बाँकी छँदै गोपालकृष्ण घिमिरे अध्यक्षमा निर्वाचित भएका छन्। आधिकारिक घोषणा हुन मात्रा बाँकी छ।
घिमिरेलेले ३७२८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९७७ मत प्राप्त गरेका छन्।
अब १४२९ मतगणना गर्न मात्र बाँकी छ। घिमिरे अधिकारीभन्दा १७५१ मतले अगाडि छन्। अब सबै मत अधिकारीले पाए पनि घिमिरेको भन्दा कम हुन्छ। आज मतगणना सकिने छ।
महासचिवमा पनि घिमिरे प्यानलकी अन्जिता खनालको जित निश्चित जस्तै छ । खनालले ३ हजार १७५ र उनको प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३ सय ४५ मत पाएका छन् ।
मतगणनामा सहभागी निर्वाचन समितिका एक सदस्यका अनुसार अन्य पदहरुमा पनि घिमिरे प्यानल नै अगाडि छ ।
कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशन २६ औं केन्द्रीय कार्यसमितिका लागि यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।











