Kathmandu Press

‘वार’ ले एक हप्तामै कमायो दुई सय करोड

काठमाडौं, असोज २३ :  बलिउड फिल्म ‘वार’ ले एक हप्तामै दुई सय करोड कमाएको छ। 

अक्टुबर २ तारिखमा रिलिज भएको फिल्म ‘....

‘वार’ ले एक हप्तामै कमायो दुई सय करोड
फाइल

काठमाडौं, असोज २३ :  बलिउड फिल्म ‘वार’ ले एक हप्तामै दुई सय करोड कमाएको छ। 

अक्टुबर २ तारिखमा रिलिज भएको फिल्म ‘वार’ ले २ सय करोड कमाउँदै बलिउडमा छिटो समयमा  धेरै कमाउने फिल्म परेको छ। चलचित्रले हिन्दीमा भाषामा ५१.६० करोडको कमाएको छ।

Hardik ivf

यस्तै, तामिल र तलेगु भाषामा चलचित्रले १.७५ करोड कमाएको यो फिल्मले पहिलो दिनमै भारतमा ५३.३५ करोड कमाएको थियो। 

एक्सन नायक ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको छ। यशराज ब्यानरले निर्माण गरेको यो चलचित्र २०१९ को सर्वाधिक धेरै ओपनिङ गर्ने चलचित्र बनेको छ। चलचित्रमा नायिकाको भूमिकामा वाणी कपूर रहेकी छिन्।

चलचित्र ‘भारत’ को ४२ करोडको रेकर्डलाई यो चलचित्रले पछि पारेको छ।  भारतका विभिन्न हलमा एक साथ प्रदर्शनमा आएको ‘वार’ले दर्शकबाट राम्रो समीक्षा पाएको छ।


 

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, असोज २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्