Kathmandu Press

बार एसोसिएसनको अध्यक्षमा घिमिरे जित नजिक

काठमाडौं, चैत २५: नेपाल बार एसोसिएसननको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार गोपालकृष्ण...
बार एसोसिएसनको अध्यक्षमा घिमिरे जित नजिक

काठमाडौं, चैत २५: नेपाल बार एसोसिएसननको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता कायमै छ।

हालसम्म ६ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले तीन हजार ७२८ मत प्राप्त गरेका छन्। त्यस्तै, प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन्।

नेपाल बार एसोसिएसनका प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौं केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ। शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ।

हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनालले तीन हजार १७५ मत प्राप्त गरेकी छन्। अर्का उम्मेदवार केदारप्रसाद कोइराला दुई हजार ३४५ पाएका छन्।

त्यस्त, कोषाध्यक्षमा भरतबहादुर राउतले तीन हजार ४७५ मत पाएका छन्। अर्का उम्मेदवार जगतबहादुर कार्कीले दुईहजार १८८ मत पाएका छन्।

मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो। बिहीबार राति मतगणना स्थगित भएको छ भने शुक्रबार बिहान ९ बजेबाट पुनःमतगणना प्रारम्भ गरिनेछ।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा सातहजार ४२९ मत खसेको थियो। (रासस)

प्रकाशित मिति: ०६:३३ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्