Kathmandu Press

ओली सरकारका मुख्य काम –भ्यू टावर र जथाभावी पैसा वितरण : नेता पौडेल

काठमाडौं, चैत २४ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले भ्यू टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमार्फत् जथाभावी...
ओली सरकारका मुख्य काम –भ्यू टावर र जथाभावी पैसा वितरण : नेता पौडेल

काठमाडौं, चैत २४ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले भ्यू टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमार्फत् जथाभावी पैसा खर्च गर्न बाहेकको काम नभएको आरोप लगाएका छन् ।

स्याङ्जाको चापाकोट नगर कार्यसमितिले बिहीबार ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै नेता पौडेलले भने, ‘ओली कालमा भएको यो दुईवटा काम मात्रै हो। भ्यू टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमा जथाभावी पैसा खर्च गर्ने,’ उनले भने, ‘उहाँले अरु कुनै नयाँ कुरा दिएर देश बनाउने गरी योजना ल्याउनुनै भएन।’

कम्युनिष्ट पार्टीका कार्यकर्ता पाल्नका निम्ति राज्यको कोष दोहान गरिएको आरोप लगाउँदै पौडेलले ओलीको शासनकालमा टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमार्फत् जथाभावी पैसा खर्च गर्न बाहेकको काम नभएको जिकिर गरे।  टावर मोडेलको विकास भ्रष्टाचार बढाउने माध्यम बनेको नेता पौडेलको भनाइ थियो।

‘नेपाल डाँडैडाँडाको देश हो। प्रकृतिले हामीलाई अलरेडी टावर दिएको छ,’ उनले भने, ‘त्योमाथि ठड्याइएका ओलीका कृतिम टावरले भ्रष्टाचार बढायो। परनिर्भता बढायो। टावर मोडेलको विकास भ्रष्टाचार बढाउने एउटा माध्यम बन्यो।’ वडादेखि केन्द्रसम्म टावर बनाएर ओली सरकारको पालमा अनुत्पादक ठाउँमा लगानी गरिएको पौडेलले बताए। ‘टावर मोडल ठीक होइन, यसले भ्रष्टाचार बढायो। कार्यकर्ता पोस्न मात्र यसो गरिएको थियो,’ उनले भने।  
 

प्रकाशित मिति: २०:०१ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्