Kathmandu Press

निष्पक्ष निर्वाचनका लागि सबैले आचारसंहिता पालना गर्नुपर्छ : आयोग 

निष्पक्ष निर्वाचनका लागि सबैले आचारसंहिता पालना गर्नुपर्छ : आयोग 

काठमाडौं, चैत २४ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरिएको आचारसंहिता स्वच्छ र निष्पक्ष निर्वाचनका लागि रहेको भन्दै राजनीतिक दलले मात्र नभई सबैले पालना गर्नुपर्ने बताएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिता कसैलाई अप्ठ्यारो पार्ने भन्ने भन्दा सहजताका लागि भएकाले आ–आफ्नो ठाउँमा जिम्मेवारी सबैले पूरा गर्नुपर्ने बताएका हुन् ।

उनले दलहरुले उठाएका केही विषयमा पनि आयोगले छलफल गरेर त्यसपछि आचारसंहिता कहिलेदेखि लागू गर्ने भन्ने निर्णय गर्ने प्रष्ट पारे।  

उनले निर्वाचनको तयारीको अन्य प्राविधिक काम तीव्र रुपमा भइरहेको समेत प्रष्टाए । 

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्