Kathmandu Press

शाङ्घाईको कोभिड–१९ सङ्क्रमण विरूद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने

शाङ्घाई, चैत  २४ : चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरूद्धको अभियानमा शाङ्घाईलाई सहयोग गर्ने बताएका छन्।शाङ्घाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब...
शाङ्घाईको कोभिड–१९ सङ्क्रमण विरूद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने

शाङ्घाई, चैत  २४ : चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरूद्धको अभियानमा शाङ्घाईलाई सहयोग गर्ने बताएका छन्।

शाङ्घाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब ६० हजार कोठाहरू उपलब्ध गराउने बताएका हुन्।

शाङ्घाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण मुख्यालयका अनुसार अप्रिल ६ सम्म जियाङ्गसुले १६ हजार कोठा र झेजियाङले २१ हजार कोठा तयार पारेको छ। यी कोठाहरू शाङ्घाईमा  कोभिड–१९ सङ्क्रमण भएका वा उनीहरूको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न प्रयोग गरिने अधिकारीले बताएका छन्।

आधिकारिक स्रोतहरूका अनुसार यी स्थलहरू महामारी नियन्त्रणका लागि सरकारी स्तर अनुरूप हुने र चिकित्सकहरू प्रदान गर्ने होटेलहरू हुनेछन्।

शाङ्घाईले बुधबार ३२२ वटा व्यक्तिमा स्थानीयस्तरमा सङ्क्रमित भएको पुष्टि गरेको छ। त्यस्तै १९ हजार ६६० व्यक्तिमा लक्षणविनाको सङ्क्रमण भेटिएको र उनीहरू बिभिन्न मुलुकबाट आएका चिनिँया तथा अन्य मुलुकका नागरिक भएको बताइएको छ।

प्रकाशित मिति: १९:३३ बजे, बिहीबार, चैत २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्