Kathmandu Press

मन्थली–९ को वडाध्यक्षमा माओवादीबाट पाँचजनाको दाबेदारी

रामेछाप, चैत २४ : आउने वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि रामेछाप जिल्लाको मन्थली नगरपालिका-९ पुराना गाउँबाट वडा अध्यक्षमा पाँचजनाले दाबेदारी...
मन्थली–९ को वडाध्यक्षमा माओवादीबाट पाँचजनाको दाबेदारी

रामेछाप, चैत २४ : आउने वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि रामेछाप जिल्लाको मन्थली नगरपालिका-९ पुराना गाउँबाट वडा अध्यक्षमा पाँचजनाले दाबेदारी प्रस्तुत गरेका छन्।

उक्त वडाको वडाध्यक्षका लागि विद्यार्थी राजनिती हुदै मजदुर र भूगोलको राजनीतिमा सक्रिय तथा सामाजिक कार्यमा संलग्न युवा नेता राजिव गिरी प्रमुख दावेदारका रुपमा अगाडि देखापरेका छन्।

यस्तै सहिद परिवारका कपिल गिरी, पूर्व गाउ कमिटी सचिव महारुद्र गिरी, वडा कमिटिका पूर्व अध्यक्ष मानप्रसाद श्रेष्ठ र पूर्व शिक्षक संगठक माइतसिं योञ्जन वडा अध्यक्षको दाबेदारी हुन्।

माओवादीको राम्रो पकड रहेको उक्त वडामा आकांक्षीहरु धेरै देखिएपछि सर्बसम्मत उम्मेदवार चयन कठिन मोडमा पुगेको छ। यद्यपि सहमतिको प्रयास जारी रहेको र सर्वसम्मत उम्मेदवार चयन गरिने मन्थली नगर कमिटीको दाबी छ। 

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्