Kathmandu Press

यमनका राष्ट्रपतिद्वारा नयाँ परिषद् गठन

रियाद, चैत २४ : यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गरेका छन्।युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग संघर्ष गरिरहेको सरकारलाई नयाँ स्वरुप...
यमनका राष्ट्रपतिद्वारा नयाँ परिषद् गठन

रियाद, चैत २४ : यमनका राष्ट्रपति अबेड्राब्बो मन्सुर हाडीले बिहीबार नयाँ परिषद् गठन गरेका छन्।

युद्धग्रस्त मुलुक यमनमा हुथी विद्रोहीसँग संघर्ष गरिरहेको सरकारलाई नयाँ स्वरुप दिन उहाँले उक्त उच्चस्तरीय परिषद् गठन गरेका हुन्। 

Hardik ivf

साउदी अरबको राजधानी रियादमा आयोजना गरिएको शान्ति वार्तामा हुथी विद्रोही सहभागी नभएपछि उनले परिषद् गठन गरेका हुन्।

साउदी अरब आफूहरुको मुख्य सत्रु भएकाले साउदी अरबमा वार्ता गर्न जान नसकिएको हुथी नेताहरुले बताए। यमनमा हुथी व्रिद्रोहीविरुद्ध लड्दै आएको सरकारलाई साउदी अरबको सहयोग रहेकोले साउदी अरबलाई हुथी विद्रोहीहरुले मुख्य शत्रु मान्ने गरेका हुन्।

सो सरकारलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको छ। यमनमा सन् २०१४ देखि सरकारी पक्ष र हुथी विद्रोहीबीच संघर्ष चल्दै आएको छ।

विश्लेषकहरुले हुथी विद्रोहीको समर्थन विनाको परिषद्को औचित्य हुन नसक्ने बताएका छन्। उनले गठन गरेको परिषद् आठ सदस्य रहेको र त्यसको नेतृत्व पूर्वगृहमन्त्री तथा उहाँकै सल्लाहकार रशद अल अलिमिले गरेका छन्।

प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्