Kathmandu Press

बुडापेस्टमा आएर रुस-युक्रेन युद्ध अन्त्य गर्न हंगेरीका राष्ट्रपतिको आग्रह

बुडापेस्ट, चैत २४ : हंगेरीका प्रधानमन्त्री भिक्टर अर्वानले हङ्गेरीमा आएर युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई आग्रह गरेका छन्।युक्रेनसँगको युद्ध तत्काल रोकेर बुडापेस्टमा आएर वार्ता...
बुडापेस्टमा आएर रुस-युक्रेन युद्ध अन्त्य गर्न हंगेरीका राष्ट्रपतिको आग्रह

बुडापेस्ट, चैत २४ : हंगेरीका प्रधानमन्त्री भिक्टर अर्वानले हङ्गेरीमा आएर युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई आग्रह गरेका छन्।

युक्रेनसँगको युद्ध तत्काल रोकेर बुडापेस्टमा आएर वार्ता गरेर विवाद अन्त्य गर्न आफूले आग्रह गरेको उनको भनाइ छ। 

अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएपछि विदेशी सञ्चार माध्यमहरुका लागि पहिलो पटक आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले आफ्नो आग्रहलाई रुसी राष्ट्रपति पुटिनले स्विकार गर्ने विश्वास पनि व्यक्त गरे।

गत अप्रिल ३ मा भएको संसदीय निर्वाचनबाट उहाँ नेतृत्वको गठवन्धनले दुई तिहाइ मत प्राप्त गरेको छ। आफ्नो गठवन्धनले धेरै सिट जितेपछि राष्ट्रपति पुटिनले बधाइ दिन आफूलाई फोन गरेको पनि उहाँले जानकारी दिए। 

राष्ट्रपति अर्वानले युक्रेन र फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरलाई पनि जाति सक्दो चाँडो बुडापेस्टमा आएर रुस-युक्रेन युद्ध अन्त्य गर्न आह्वान गर्नु भएको छ।

रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आफूले बुडापेस्टमा अन्तर्राष्ट्रिय शिखर सम्मेलन गर्न चाहेको उहाँको भनाई छ।  

'दुई देशबीचको युद्ध अन्त्य गर्न र गराउन उहाँहरुले यहाँ आएर वार्ता र छलफल गर्न सक्नुहुन्छ, म त्यसका लागि सबैलाई आग्रह गर्छु,' उनले भनेका छन्।

उनले शान्ति वार्तामार्फत नै विवाद र युद्धको अन्त्य गर्न सकिने भएकाले त्यसतर्फ नै लाग्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्