Kathmandu Press

भारतमा कोरोना सङ्क्रमितको संख्या ४ करोड ३० लाखभन्दा बढी

नयाँ दिल्ली, चैत २४ : भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ। ती मध्ये पछिल्लो २४ घण्टामा देशभर...
भारतमा कोरोना सङ्क्रमितको संख्या ४ करोड ३० लाखभन्दा बढी

नयाँ दिल्ली, चैत २४ : भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ। 

ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ घटनाहरू दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ। 

Hardik ivf

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ४३ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या पाँच लाख २१ हजार ५३० पुगेको छ। 

पछिल्लो २४ घण्टामा २३२ सक्रिय सङ्क्रमितमा कमि आएपछि हाल भारत ११ हजार ६३९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। यो विवरण सङ्क्रिय सङ्क्रमितहरुको सङ्ख्या लगातार घट्दै गएको ७२ औं दिनको हो। 

हालसम्म ४ करोड २४ लाख ९८ हजार ७८९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये एक हजार २२२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्र भएको अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित मिति: १८:०० बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्