Kathmandu Press

शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्न ध्यान केन्द्रित गर्नेछु : कानुनमन्त्री शर्मा

काठमाडाैं, चैत २४ : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (गाेविन्द बन्दी) ले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आफ्नो...
शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्न ध्यान केन्द्रित गर्नेछु : कानुनमन्त्री शर्मा

काठमाडाैं, चैत २४ : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (गाेविन्द बन्दी) ले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै विभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन नसकेको भन्दै आफ्नो ध्यान यसैमा केन्द्रित गर्ने बताएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका विषयलाई निष्कर्षमा पुर्‍याउन दिएको जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ।

उनले सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई क्रियाशील बनाउन आवश्यक कानुन बनाउने जानकारी दिए।

प्रधानमन्त्री देउवाको सिफारिसमा कोइराला कानुनमन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्