नयाँ मन्त्रालय सम्हाल्दै बडूले भने- आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्नेछु
काठमाडाैं, चैत २४ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चुनौतीपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समाधान गर्ने बताएका छन्।बिहीबार सिंहदरबारमा मन्त्रालयको...
काठमाडाैं, चैत २४ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चुनौतीपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समाधान गर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले खाद्यान्न देखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्ने बताएका हुन्।
यसका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारवालासँग छलफल गरिने उनले बताए। उनले थप मूल्यवृद्धिको भार जनतालाई नपार्ने गरी देखिएका समस्याको समाधान खोजिने उल्लेख गरे।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी दिएका हुन्।
यसअघि उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











