Kathmandu Press

समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

काठमाडाैं, चैत २४ : एमाले अध्यक्ष केपी ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताएका छन्। एमाले बाँकेले...
समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

काठमाडाैं, चैत २४ : एमाले अध्यक्ष केपी ओलीले मुलुकको विकास र समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा जनताले एमालेलाई नेतृत्वमा पुर्‍याउने बताएका छन्। 

एमाले बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणका लागि एमाले प्रतिबद्ध रहेको बताएका हुन्। 

अध्यक्ष ओलीले अहिले मुलुकको अर्थतन्त्र संकटमा परेको उल्लेख गर्दै लगानी गर्ने पुँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताए। उनले जनमैत्री कार्यक्रम गर्न सरकारसँग आग्रह पनि गरे। 

अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एकएक लाख रूपैयाँ दिने घोषणा पनि गरे।

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्