नवनियुक्त कानुनमन्त्री शर्माले लिए राष्ट्रपतिबाट शपथ
काठमाडाैं, चैत २४ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका...
काठमाडाैं, चैत २४ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (गाेविन्द बन्दी) ले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराइएको हो।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री देउवाको सिफारिसमा उनी आजै मन्त्रीमा नियुक्त भएको हुन्।
प्रकाशित मिति: १६:०७ बजे, बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











