कालीमाटीकाे भीममुक्तेश्वर मन्दिरबाट हरायाे कामदेवताकाे मूर्ति
काठमाडौं, चैत २४ : काठमाडौंकाे कालीमाटी वडा-१३ स्थित एक ढुंगे मूर्ति हराएको छ।मूर्ति सम्भवतः भगवान् नारायणको हुन सक्ने अनुमान गरिएको छ। मूर्ति हराएको सूचना आज...
काठमाडौं, चैत २४ : काठमाडौं महानगरपालिका-१३ काे कालीमाटीस्थित भीममुक्तेश्वर मन्दिरमा रहेकाे कामदेवताकाे मूर्ति हराएको छ।
उक्त मूर्ति हराएको सूचना आज (बिहीबार) दिउँसो १ बजे आएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ। साथै मूर्तिसम्बन्धी थप विवरण आउन बाँकी रहेको समेत साे वृत्तले जनाएकाे जनायो।
काठमाडौं-१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरले मूर्ति बुधबार राति हराएकाे बिहीबार बिहान थाहा पाइएकाे बताए।
उनका अनुसार हराएकाे मूर्ति २०० वर्ष पुरानाे हाे। भीमसेन थापाकाे पालामा बनारसबाट ल्याइएकाे साे मूर्ति भीममुक्तेश्वर मन्दिरमा प्रतिस्थापन गरिएकाे थियाे।
साे मन्दिर पनि भीमसेन थापाकै पालामा बनेकाे इतिहास रहेकाे उनले बताए।
प्रकाशित मिति: १७:०० बजे, बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











