राष्ट्र बैंक प्रवक्ता डा. भट्टले भने- नेपालको अर्थतन्त्रको अवस्था भयावह छैन
काठमाडाैं, चैत २४ : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन्।रिपोर्टर्स क्लब नेपालले...
काठमाडाैं, चैत २४ : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा अवस्थामा अर्थतन्त्र भयावह अवस्थान नरहेको र अर्थतन्त्रका आधार कमजोर नरहेको भन्दै अहिले देखिएका दबाबलाई पनि भोलिका दिनमा सम्बोधन गर्न सकिने बताए।
उनले नेपालको मुद्रा स्फीतिमा पनि समस्या परेको उल्लेख गरे। नेपालबाट कति रकम बाहिर गयो र नेपालमा कति रकम बाहिरबाट अयो भन्ने कुरा हेर्दा शोधान्तरण स्थिति २४७ अर्बले घाटामा रहेको उनले बताए।
भट्टले गत वर्ष मात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको ८ महिनामात्रै हेर्दा ३७ अर्बको चामल आयात गरेको जानकारी दिए।
औाषधीलगायत अत्यावश्यक वस्तु आयात गर्नको लागि पनि विदेशी विनिमय सञ्चिती जतन गर्नुपर्ने उनको भनाइ छ।
अहिलेको मूल्यवृद्धिले हामीले पेट्रोलियम पदार्थको उपयोगमा अलिकति किफायती बन्नुपर्छ भन्ने देखाएको र विदेशी विनिमय सञ्चितीमा चनाखो हुनुपर्ने उनले बताए।











