Kathmandu Press

श्रीलंकाका राष्ट्रपतिद्वारा संकट निवारणका लागि सल्लाहकार समूह गठन

काेलम्बाे, चैत २४ : श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेकाे छ।देशमा आर्थिक संकट टार्न तत्काल गर्नु पर्ने...
श्रीलंकाका राष्ट्रपतिद्वारा संकट निवारणका लागि सल्लाहकार समूह गठन

काेलम्बाे, चैत २४ : श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन्।

देशमा आर्थिक संकट टार्न तत्काल गर्नु पर्ने र दीर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरुले जनाएका छन्। उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्वप्रमुख अर्थशास्त्री शान्त देवराजनलगायतका अर्थविद्हरु रहेका छन्।

सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेवारी पाएको छ।

प्रकाशित मिति: १२:५८ बजे, बिहीबार, चैत २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्