Kathmandu Press

सुन प्रतितोला ५०० रूपैयाँले बढ्यो

काठमाडाैं, चैत २४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५०० ले बढेर रु. ९९ हजार तोकिएको छ। उक्त सुन अघिल्लो...
सुन प्रतितोला ५०० रूपैयाँले बढ्यो

काठमाडाैं, चैत २४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५०० ले बढेर रु. ९९ हजार तोकिएको छ। उक्त सुन अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ५०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार ५०० कायम भएको छ।

उक्त सुन बुधबार प्रतितोला रु ९८ हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर रु. १  हजार ३४५ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्