Kathmandu Press

चुनावका लागि कांग्रेसले बनायो युवा प्रचार नेटवर्क

काठमाडौं, चैत २४ : स्थानीय चुनावका लागि नेपाली कांग्रेसले युवा प्रचार नेटवर्क बनाएको छ।कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईको नेतृत्वमा गठन गरिएको कांग्रेस केन्द्रीय...
चुनावका लागि कांग्रेसले बनायो युवा प्रचार नेटवर्क

काठमाडौं, चैत २४ : स्थानीय चुनावका लागि नेपाली कांग्रेसले युवा प्रचार नेटवर्क बनाएको छ।

कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईको नेतृत्वमा गठन गरिएको कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्कमा युवालाई समेटिएको छ। कांग्रेस प्रचार प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले नेवटर्क गठन गरेका हुन्।

यसमा पुष्पकुमार शाही, विकास केसी, संजय यादव, रामप्रसाद अधिकारी, पवन यादब, निलकण्ठ रिजाल, कृष्णकुमारी बस्नेत, मुक्ति पौडेल, तुलसा पन्त, सरोजकुमार थापा, उर्मिला थपलिया, मनोज बैद्य, बलदेव तिमिल्सेना, कमला न्यौपाने, प्रेमराज जोशी, प्रकाश घिमिरे, एलिजा ढकाल सदस्य छन्।

नेटवर्कमा समेटिएका अधिकांश सदस्य नेपाल विद्यार्थी संघका नेता छन्।

 

 

 

प्रकाशित मिति: ०८:१२ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्