Kathmandu Press

सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

सर्लाही, चैत २४ : सर्लाहीको मलङ्गवा नगरपालिका–८ मा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ।बुधबार साँझ अज्ञात समूहको गोली प्रहारबाट भारतको...
सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु

सर्लाही, चैत २४ : सर्लाहीको मलङ्गवा नगरपालिका–८ मा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ।

बुधबार साँझ अज्ञात समूहको गोली प्रहारबाट भारतको सोनबर्साका इनदल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

साँझ करिब ६ः५० बजे उनलाई गोली लागेको थियो। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।

गोली प्रहार कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान सुरु भएको र फरार रहेको समूहको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:४१ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्