Kathmandu Press

सर्लाहीमा गाेली चल्दा एक युवककाे मृत्यु

काठमाडाैं, चैत २३ : सर्लाहीकाे सदरमुकाम मलंगवामा गाेली लागेर एक युवककाे मृत्यु भएकाे छ। भारतीय नागरीकले चलाएकाे गाेली लागेर बुधबार साँझ भारत बिसनपुरका...
सर्लाहीमा गाेली चल्दा एक युवककाे मृत्यु

काठमाडाैं, चैत २३ : सर्लाहीकाे सदरमुकाम मलंगवामा गाेली लागेर एक युवककाे मृत्यु भएकाे छ। भारतीय नागरीकले चलाएकाे गाेली लागेर बुधबार साँझ भारत बिसनपुरका ३५ वर्षीय इन्दल कुमारको मृत्यु भएको हो।

उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ।

बेलुका ७ :४० बजेतिर गाेली चलेकाे प्रहरीले जनाएकाे छ। प्रहरीले मृतकाे माेवाइल फेला पारी अनुसन्धान थालेकाे छ। उनी आपराधिक पृष्ठभूमिकै रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ ।

मृतककाे माेवाइलमा हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरु पठाइएकाे पाइएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: २१:१० बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्