Kathmandu Press

जनताको असल साथी माओवादी हो : प्रचण्ड

चितवन, चैत २३ : नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताएका छन।आज यहाँ...
जनताको असल साथी माओवादी हो : प्रचण्ड

चितवन, चैत २३ : नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताएका छन।

आज यहाँ आयोजित कार्यक्रममा उनले राष्ट्रको एकमात्र अग्रगामी शक्ति र जनताको साथी माओवादी भएको दाबी गरे। अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्धिको यात्रा पूरा गर्न माओवादी पार्टी बलियो बन्नुपर्ने अध्यक्ष दाहालले बताए।

बलिदानी पूर्ण सङ्घर्ष गरेर प्राप्त गरेको उपलब्धिलाई सिध्याउन देशीविदेशी शक्ति लागिपरेको भन्दै उहाँले त्यसलाई जोगाउन युवाको खाँचो रहेको बताए। लडेर मात्र हकअधिकार प्राप्त र संस्थागत गर्न सकिने बताउँदै युवालाई सभ्य ढङ्गले प्रतिगामीसँग लड्न उनले आग्रह गरे।

माओवादी र प्रचण्डलाई हराउन देशीविदेशी शक्ति लागेको भन्दै उहाँले त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए। उनले भने, 'प्रचण्डलाई हराउने भनेको परिवर्तनलाई सिध्याउने हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने नियत हो।' त्यसलाई कदापि पूरा हुन नदिनेसमेत उनको भनाइ थियो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २१० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: २०:५९ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्