दलका घोषणापत्रमा व्यवस्थित सहरीकरण समेट्न नेता पौडेलको आग्रह
काठमाडौं, चैत २३ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले स्थानीय तह निर्वाचनका लागि दलहरुले तयार गर्ने घोषणा पत्रमा व्यवस्थित सहरीकरणका लागि आवश्यक...
काठमाडौं, चैत २३ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले स्थानीय तह निर्वाचनका लागि दलहरुले तयार गर्ने घोषणा पत्रमा व्यवस्थित सहरीकरणका लागि आवश्यक कामहरु समेट्न आग्रह गरेका छन्।
पौडेलले ट्विटरमार्फत अस्तव्यस्त सहरीकरण अहिले राष्ट्रिय समस्याको रुपमा रहेको भन्दै स्थानीय तह निर्वाचनमा पार्टीहरुले स्थानीय तहमा देखिएका समस्या समाधान गरेर सहरीकरण व्यवस्थितका लागि आवश्यक कामहरु समेट्न आग्रह गरेका हुन्।
राष्ट्रिय समस्याका रुपमा रहेको अस्तव्यस्त सहरीकरण वयवस्थापनका लागि फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, खोलानाला प्रदूषण लगायतका सवालहरुलाई घोषणापत्रमा समेट्नु पर्ने पौडेलको भनाइ छ ।
‘अस्तव्यस्त सहरीकरण अहिले हाम्रो राष्ट्रिय समस्याको रुपमा रहेको छ। स्थानीय तहको निर्वाचनमा पार्टीहरुले स्थानीय तहमा देखिएको फोहोर व्यवस्थापन, ढल व्यवस्थापन, खोलानाला प्रदूषण, खनिजजन्य पदार्थको अन्धाधुन्ध दोहन, पानीका मूल सुक्ने समस्या आदि सवालहरुलाई घोषणापत्रमा समेट्न अनुरोध गर्दछु,’ उनले लेखेका छन्।











