Kathmandu Press

पाकिस्तानका राष्ट्रपतिले आम निर्वाचनको मिति प्रस्ताव गर्न निर्वाचन आयोगलाई आग्रह

इसलामावाद, चैत २३ : देशमा जारी राजनीतिक उथलपुथलका बीच पाकिस्तानको राष्ट्रपतिको सचिवालयले आम निर्वाचनका लागि मिति प्रस्ताव गर्न पाकिस्तानको निर्वाचन आयोग (इसिपी) लाई...
पाकिस्तानका राष्ट्रपतिले आम निर्वाचनको मिति प्रस्ताव गर्न निर्वाचन आयोगलाई आग्रह

इसलामावाद, चैत २३ : देशमा जारी राजनीतिक उथलपुथलका बीच पाकिस्तानको राष्ट्रपतिको सचिवालयले आम निर्वाचनका लागि मिति प्रस्ताव गर्न पाकिस्तानको निर्वाचन आयोग (इसिपी) लाई आग्रह गरेको छ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले ट्वीटरमा शेयर गरेको सचिवालयको अप्रिल ५ गतेको पत्रमा देशको संविधानको प्रावधान अनुसार अप्रिल ३ मा भएको राष्ट्रिय सभा विघटनको मितिदेखि नब्बे दिनभित्र आम निर्वाचन सम्पन्न गर्ने मिति प्रस्ताव गर्न ईसिपीलाई आग्रह गरेको छ।

Hardik ivf

'संविधानको धारा ४८ को उपधारा ५ (क) र धारा २२४ को उपधारा (२) मा राष्ट्रपतिले राष्ट्रियसभा विघटन भएको मितिले नब्बे दिन नकाट्दै राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्ने व्यवस्था गरिएको छ,' विज्ञप्तिमा लेखिएको छ।

यसले निर्वाचन ऐन २०१७ अनुसार आम निर्वाचनको मिति घोषणा गर्न ईसिपीसँग परामर्श आवश्यक रहेको पनि बताएको छ। पधानमन्त्री इमरान खानको सल्लाहपछि आइतबार अल्वीले पाकिस्तानी संसद भङ्ग भएको घोषणा गरेका थिए।

प्रधानमन्त्री इमरान खानले संसदको उपसभामुखले खानमाथिको अविश्वासको प्रस्तावलाई ‘असंवैधानिक’ भन्दै अस्वीकार गरेको केही मिनेटपछि उक्त प्रस्ताव गरेका थिए। यसैबीच, कामचलाउ प्रधानमन्त्री नियुक्त नहुँदासम्म इमरान खानले प्रधानमन्त्रीका रुपमा निरन्तरता दिनेगरी राष्ट्रपतिले जिम्मेवारी तोकेका छन।

पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रियसभा विघटनको विषयमा विचार गरिरहेको भन्दै नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म जिम्मेवारीलाई निरन्तरता दिन प्रधानमन्त्री खानलाई नै तोकिएको हो।

प्रकाशित मिति: १९:३६ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्