Kathmandu Press

भारतले ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो केस रिपोर्ट गर्छ

नयाँ दिल्ली, चैत २३ : भारतमा कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन्।भारतको...
भारतले ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो केस रिपोर्ट गर्छ

नयाँ दिल्ली, चैत २३ : भारतमा कोरोनाभाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टको पहिलो सङ्क्रमित फेला परेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी लेखेका छन्।

भारतको वित्तीय राजधानी मुम्बईमा ओमिक्रोन एक्सई फेला परेको बुधबार पुष्टि गरिएको हो।

यो नयाँ भेरिएन्ट ओमिक्रोनभन्दा बढी सर्नसक्ने क्षमता रहेको र सर्बप्रथम यो बेलायतमा पत्ता लागेको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातीभन्दाभन्दा १० प्रतिशत बढी सर्नसक्ने बताइएको छ। अहिलेसम्म ओमिक्रोनको बीए–टु प्रजातीलाई कोभिड–१९ को सबैभन्दा सङ्क्रामक मानिएको छ।

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, चैत २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्