Kathmandu Press

चैत २६ गतेसम्म स्थानीय तहको रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन, अर्को बैठक  २७ गते बस्ने

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले २६ गतेसम्म तलका कमिटीबाट रिपोर्ट माग्ने निर्णय गरेको हो ।
चैत २६ गतेसम्म स्थानीय तहको रिपोर्ट बुझाउन गठबन्धनको निर्देशन, अर्को बैठक  २७ गते बस्ने

काठमाडौं, चैत २३ : सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले चुनावी तालमेलका लागि स्थानीय तहको अवस्थाबारे २६ गतेभित्र रिर्पोट बुझाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले २६ गतेसम्म तलका कमिटीबाट रिपोर्ट माग्ने निर्णय गरेको हो ।

समितिका संयोजक रामचन्द्र पौडेलले नेतृत्वमा बसेको बैठकले प्रदेश, जिल्ला लगायत चुनावी तालमेल संयन्त्रलाई रिर्पोट बुझाउन निर्देशन दिएको हो ।

जिल्ला, प्रदेश र पालिकामा बनेको गठबन्धनको संयन्त्रबाट रिपोर्ट आइसकेपछि थप छलफल गर्नका लागि चैत २७ गते फेरि बैठक बस्ने बताईएको छ ।

गठबन्धनले पालिकासम्म चुनावी तालमेल संयन्त्र बनाउने गठबन्धनको तयारी गरेको छ ।

प्रकाशित मिति: १८:३८ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्