Kathmandu Press

स्थानीय तहमा तालमेलबारे २६ चैतसम्म निर्णय दिन गठबन्धनको निर्देशन 

काठमाडौं, चैत २३ : सत्तागठबन्धनभित्र चुनावी तालमेलको विषयमा चैत २६ गतेसम्म निर्णय दिन जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलेको नेतृत्वमा रहेको...
स्थानीय तहमा तालमेलबारे २६ चैतसम्म निर्णय दिन गठबन्धनको निर्देशन 

काठमाडौं, चैत २३ : सत्तागठबन्धनभित्र चुनावी तालमेलको विषयमा चैत २६ गतेसम्म निर्णय दिन जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ। 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलेको नेतृत्वमा रहेको निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय स्तरमा चुनावी तालमेल गर्न २६ चैत्रभित्र निर्णय दिन निर्देशन दिएको हो। 

सत्तारुढ गठबन्धनको यसअघि बसेको बैठकले  तालमेल गर्ने निर्णय स्थानीय तहलाई नै दिने निर्णय गरेको थियो। त्यसका लागि केन्द्रको संयन्त्रले काम गर्ने निर्णय भएको थियो। नेतृत्वबीच तालमेल गर्ने निर्णय भएपनि स्थानीय स्तरमा तालमेलबारे सहमति हुन सकेको छैन। जिल्ला कमिटीले तालमेल गर्ने निर्णय गरेतापनि स्थानीय तहमा पार्टीका पदाधिकारीबीच सहमति जुट्न सकेको छैन। 

गठबन्धनका पाँच दलबीच स्थानीय तहको भागबण्डाबारे सहमित हुन सकस देखिएको हो। सोही कारण जिल्ला संयन्त्रलाई तालमेलबारे चाँडै निर्णय दिन गठबन्धनले निर्देशन दिएको हो। 

देशभरका ६ महानगरमा भने नेतृत्व तहले नै निर्णय गर्ने सहमति भइसकेको छ। 


 

प्रकाशित मिति: १७:४४ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्