Kathmandu Press

मुलुकको समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्छ : ओली

काठमाडाैं, चैत २३ : एमाले अध्यक्ष केपी ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्ने बताएका छन्। नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो...
मुलुकको समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्छ : ओली

काठमाडाैं, चैत २३ : एमाले अध्यक्ष केपी ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीले नेतृत्व लिनुपर्ने बताएका छन्। 

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको आज काठमाडाैंमा उद्घाटन गर्दै उनले उद्योग व्यवसायको उन्नति र प्रगतिबिना मुलुक समृद्ध हुन नसक्ने बताए। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हामीले हाम्रो आवश्यकता लागि किन्ने सामान नेपालमा नै बनेको हुनुपर्ने बताए। “हामीले कच्चा पदार्थ होइन, रुपान्तरित र प्रशोधित गरेको सामान बजारमा पठाउनुपर्,' उनले भने, 'कच्चा होइन, प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान हामीले उत्पादन गर्नुपर्दछ।'

अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षाअनुरुप समृद्धि र विकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको नीति रहेको बताए। उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्नेमा बताउँदै उनले धितो राखेर मात्र होइन, मानव मस्तिष्कले ऋण पाउनुपर्नेमा जोड दिए। 

अध्यक्ष ओलीले उद्योग व्यवसायले समाज परिवर्तन गर्नुपर्ने भन्दै उद्योग स्थापना गरेर नाफा कमाउने मात्र होइन, मानवलाई सुखी बनाउने माध्यमका रुपमा हुनुपर्ने बताए। उनले आफू २०७२ सालमा प्रधानमन्त्री भएपछि देशमा विकासको नयाँ लहर आएको दाबी पनि गरे।

प्रकाशित मिति: १६:५० बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्