Kathmandu Press

भारतीय बजारमा थप ३६४ मेगावाट विद्युत बिक्री अनुमति

काठमाडाैं, चैत २३ : नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय ६४ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ।भारतको विद्युत् मन्त्रालय अन्तर्गतको...
भारतीय बजारमा थप ३६४ मेगावाट विद्युत बिक्री अनुमति

काठमाडाैं, चैत २३ : नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय ६४ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३ सय ६४ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृत दिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री पम्फा भुसालले यसबाट वर्षायाममा उत्पादित विद्युत् मुलुकभित्र खपत गरि अतिरिक्त विद्युतको निर्यात दुई देशबीचको व्यापार घाटामा कमी आउने विश्वास व्यक्त गरिन्।

छिट्टै प्रक्रिया प्रक्रिया पुर्याएर विद्युत व्यापारका लागि अनुमति प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको ऊर्जामन्त्री भुसालले बताइन्। उनले यससँगै मुलुकमा विधुत उत्पादनको ढोका खोल्ने विश्वास व्यक्त गरिन्।

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको बताए। घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन विजुली आपूर्तिमा देखिएको समस्या समाधान भइरहेको जानकारी दिए।

उनले नेपालमा उत्पादन भएको विद्युतकाेको आन्तरिक खपतपछि बढी भएका विद्युत् नै बिक्रीबितरण गरिने बताए। 

प्रकाशित मिति: १६:२८ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्