Kathmandu Press

भोटखोला जग्गा प्रकरण : सातैजनाविरुद्ध अनुसन्धानका लागि १५ दिन म्याद थप 

किमाथांका, चैत २३ : सङ्खुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सातजना विरुद्ध  सङ्गठित अपराधमा छानविनका लागि सङ्खुवासभा जिल्ला अदालतले १५ दिन थप गरेको छ। जग्गाधनीलाई...
भोटखोला जग्गा प्रकरण : सातैजनाविरुद्ध अनुसन्धानका लागि १५ दिन म्याद थप 

किमाथांका, चैत २३ : सङ्खुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सातजना विरुद्ध  सङ्गठित अपराधमा छानविनका लागि सङ्खुवासभा जिल्ला अदालतले १५ दिन थप गरेको छ। जग्गाधनीलाई जानकारी नै नदिई २७ रोपनी रजिस्ट्रेशन पास गर्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसहित सातजना विरुद्ध सङ्गठित अपराधमा अनुसन्धानका लागि १५ दिन म्याद थप गरिएको अदालतका स्रेस्तादार केदार गौतमले जानकारी दिए।

जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष भोटे र नासु पराजुलीसहित सातजना विरुद्ध म्याद थप गरेर थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए। 

यसैगरी भोटखोला–४  सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमालाजुङ भोटे, मकालु गाउँपालिका–४ घर भाइ खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपालिकाका पासाङ शेर्पालाई पनि सोही अपराधमा म्याद थप गराई अनुसन्धान गरिरहेको उहाँले जानकारी दिए। सङ्गठित अपराधअन्तर्गतको मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ । 

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ की विममाया तामाङका नामबाट जालसाजी गरी ठगी गरेको भन्दै गत फागुन २२ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।स्थानीयवासी दलबहादुर तामाङका नाममा रहेको करिब रु तीन करोड पर्ने कित्ता नं २७५ र २८० को २७ रोपनी जग्गा गत फागुन १ र २ गते वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुलीको मिलेमतोमा रजिस्ट्रेशन पास गराइएको थियो। 

सम्बन्धित समाचार :
वृद्धाभत्ताको प्रलोभनमा पारेर ७५ वर्षीया वृद्धाको जग्गा हडपियो, वडाध्यक्षको संलग्नता

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्