एमालेबारे उत्कृष्ठ टिकटक बनाउनेलाई साइबर सर्कलले १ लाख पुरस्कार दिने
काठमाडौं, चैत २३ : नेकपा एमालेबारे उत्कृष्ठ टिकटक बनाउनले एक लाख पुरस्कार पाउने भएको छ। पार्टीको भ्रातृसंगठन युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता...
काठमाडौं, चैत २३ : नेकपा एमालेबारे उत्कृष्ठ टिकटक बनाउनले एक लाख पुरस्कार पाउने भएको छ। पार्टीको भ्रातृसंगठन युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने घोषणा गर्दै उत्कृष्ठ हुनेलाई १ लाख पुरस्कार दिने जानकारी दिएको छ।
स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ।
सर्कलका प्रमुख मदन भण्डारीका अनुसार प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार पचास हजार र तृतीय पुरस्कार २५ हजार घोषणा गरिएको छ।भिडिओ चैत २१ देखि २०७९ वैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने सर्त राखिएको छ।
यस्तै, भिडिओ व्यक्तिगत रूपमा सिर्जना गर्नुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने, भिडिओ दुई मिनेटको हुनुपर्नेलगायत सर्त राखिएको छ।
प्रकाशित मिति: १६:१३ बजे, बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











