Kathmandu Press

अस्वस्थ भएपछि महन्थ ठाकुरलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो 

काठमाडौं, चैत २३ : लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। पार्टीको कार्यक्रममा भैरहवामा रहेका ठाकुर अस्वस्थ भएका थिए। बुधबार बिहान...
अस्वस्थ भएपछि महन्थ ठाकुरलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो 

काठमाडौं, चैत २३ : लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। पार्टीको कार्यक्रममा भैरहवामा रहेका ठाकुर अस्वस्थ भएका थिए। 

बुधबार बिहान अचानक अस्वस्थ भएपछि उनलाई भैरहवास्थित भीम अस्पताल पुर्याइएको थियो। शरीरमा अक्सिजनको लेभल कम भएको र निमोनियासमेत देखिएकाले अस्पतालले उनलाई काठमाडौं रेफर गरेको थियो। 

अक्सिजनको मात्र कम भएपछि तत्काल हेलिकप्टरमार्फत काठमाडौं पुर्याइएको लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला नेताहरुले बताएका छन्। 

अध्यक्ष ठाकुर मुटुको बिरामी रहेकाले नियमित उपचार गराइरहेका छन्।

प्रकाशित मिति: १६:०७ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्